‘मैँ राजा तिमी रानी’ भन्दै आए हिमाल सागर र मिस पवी (भिडिओ) – Nepal Press

‘मैँ राजा तिमी रानी’ भन्दै आए हिमाल सागर र मिस पवी (भिडिओ)

काठमाडौँ । गायक हिमाल सागरको ‘मैँ राजा तिमी रानी’ बोलको गीतको भिडिओ रिलिज भएको छ ।

गायक हिमाल सागर र गायिका अनु चौधरीको स्वर रहेको मैँ राजा तिमी रानीमा सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत र एरेन्ज रहेको छ ।

भिडिओमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको रोमान्टिक अभिनय देख्न सकिन्छ । जसमा एक जोडीको सफल प्रेम कथालाई देखाएको छ ।

उत्सव दाहालको छायांकन, मिन रावलको सम्पादन तथा विकाश दाहालको कलरिङ रहेको गीतको मिक्स र मास्टरिङं पुष्कर खत्रीले गरेका हुन् ।

बिक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको भिडियो धुलिखेल आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको हो । शम्सेर श्रेष्ठले निर्माण गरेको भिडियो साईराम पिक्चर्सको युट्युब च्यानलबाट बजारमा आएको हो ।

भिडिओ



 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *