बालुवाटार बैठकअघि माधव नेपालले ओलीसँग गरे छलफल – Nepal Press

बालुवाटार बैठकअघि माधव नेपालले ओलीसँग गरे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटेलगत्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन फुटको संघारमा पुगेको बेलामा ओलीले नेपालसँग महाराजगञ्जमा भेटवार्ता गरेका हुन् । ओलीसँग भेटका लागि गएपछि नेपाल बालुवाटार बैठकमा अरु नेताभन्दा ढिलो गरी प्रवेश गरेका थिए ।

ओलीले यसअघि पनि अध्यक्ष नेपाललाई भेटेर राष्ट्रपतिको प्रस्ताव राखेका थिए । तर, पुरानो गठबन्धन ब्युँताउँदा नेपाललाई कांग्रेस–माओवादीले पाँच वर्षभित्र एक वर्ष प्रधानमन्त्री दिने आश्वासन दिएका छन् । नेपालले भने राष्ट्रपतिमा दाबी गरेका छन् ।

बिहान बालुवाटारमा बसेको चार दलको बैठकमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो । तर, एमाले पुस १० गते माओवादी केन्द्रसँग भएको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुुपर्ने पक्षमा छ । यही विषयमा ओलीले प्रधानमन्त्री प्रचण्डसँग पनि छलफल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर