कर्णालीका जनता बीमाको पहुँचमा पछाडि : मन्त्री शाह – Nepal Press

कर्णालीका जनता बीमाको पहुँचमा पछाडि : मन्त्री शाह

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले बीमा कम्पनीका सकारात्मक एजेण्डामा सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।

मन्त्री शाहले वीरेन्द्रनगरमा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशले शुक्रबार आयोजना गरेको वित्तीय क्षेत्रका प्रादेशिक कार्यालय प्रमुखसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

मन्त्री शाहले बीमा कम्पनीका केही व्यवहारमा परिर्वतन ल्याउनुपर्ने सुझाव दिँदै कम्पनीहरुका सकारात्मक एजेण्डामा प्रदेश सरकारले साथ दिने बताए ।

कर्णालीका जनता बीमाको पहुँचमा पछाडि रहेको औंल्याउँदै उनले भने, ‘बीमा संवेदनशील विषय हो । आजको समयमा बीमा सबैका लागि आवश्यक छ । त्यसका लागि दूरदराजमा रहेका जनतामा जनचेतना फैलाउन जरुरी छ ।’

मन्त्री शाहले कर्णालीमा शाखा बढाएर ग्रामीण भेगका जनतासम्म सेवा विस्तार गर्न बीमा कम्पनीहरुले आफ्नो क्षमता विकास गर्नुपर्ने बताए ।

स्वास्थ्य बीमा गरेका धेरै नागरिकहरुले उपचारमा समस्या हुने गरेको गुनासो बढेको उनले सुनाए । ‘स्वास्थ्य बीमा गरेका नागरिकहरुले उपचारमा कुनै पनि प्रकारको झन्झट झेल्नु नपरोस्, उनीहरुले खुलेर स्वास्थ्य बीमाबाट सेवा लिन पाउनुपर्छ’, मन्त्री शाहनले भने ।

कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव श्यामकृष्ण थापाले कर्णालीमा बीमाको उपस्थिति कमजोर रहेको र त्यसलाई स्थानीय तहसम्म पुर्‍याउनुपर्ने बताए । कर्णालीका धेरैजसो ठाउँमा बीमा कम्पनी पुग्न जरुरी रहेको बताउँदै उने बीमा कम्पनी सुर्खेत केन्द्रितमात्रै भएको औंल्याए ।

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशका प्रमुख पदमप्रसाद सोडारीले कर्णालीमा बीमाको पँहुच र बीमकहरुको उपस्थिति तथा चुनौतीको बारेमा प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर