विदेश भ्रमण फुकुवासम्बन्धी सन्दीपको पुनरावेदनमा सुनुवाइ सुरु – Nepal Press

विदेश भ्रमण फुकुवासम्बन्धी सन्दीपको पुनरावेदनमा सुनुवाइ सुरु

काठमाडौं । २० लाख धरौटी माग र विदेश जान रोक लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दर्ता गरेको पुनरावेदनमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासमा भर्खरै सुनुवाई सुरु भएको हो । सन्दीपले उच्च अदालतको आदेशविरुद्ध अल्पकालिन अन्तरिम आदेश माग गरेका छन् ।

बलात्कार आरोपपछि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालतले भने २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

तर विदेश जान भने रोक लगाइएको थियो । धरौटी बुझाएर छुटेयता सन्दीपले राष्ट्रिय क्रिकेट टोलीमा शानदार पु्नरागमन गरेका थिए ।

नेपाली टोलीले हालसालै घरेलु मैदानमा भएको विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलाका सबै चार खेल जितेको थियो । नेपाली टोली प्रतियोगिताअन्तर्गत अर्को त्रिदेशीय शृंखला खेल्न शनिबार यूएई जाँदै छ ।

विदेश जान रोक लगाइएका कारण सन्दीप नेपाली टोलीमा छैनन्। तर अदालतले आदेश गरेको अवस्थामा उनलाई नेपाली टोलीमा समावेश गर्न सकिने नेपाल क्रिकेट संघ-क्यानले स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *