हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरू (भिडिओ) – Nepal Press

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरू (भिडिओ)

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि संयुक्त कारोबार सुरू गरेका छन् ।

हिमालयन बैंकले सिभिललाई गाभेर एकीकृत कारोबार सुरू गरेको हो । सिभिल बैंक १०० कित्ता शेयरबराबर हिमालयन बैंकमा ८०.२८ कित्ता हुने गरी मर्जर भएको हो । मर्जरपछि स्थापित बैंकको कुल पूँजी ३४ अर्ब रुपैयाँ पुगेको छ ।

कुल निक्षेप २ खर्ब ७४ अर्ब रूपैयाँ र कुल कर्जा २ खर्ब ५० अर्ब रूपैयाँ पुगेको हो । मर्जरपछि अब हिमालयन बैंकको शाखा सञ्जाल १८९ पुगेको प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए ।

हिमालयन बैंक र सिभिल बैंकबीच गएको असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *