बालुवाटार बैठक: जसपालाई उपराष्ट्रपति निश्चित ! – Nepal Press

बालुवाटार बैठक: जसपालाई उपराष्ट्रपति निश्चित !

काठमाडौं । बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति बनेको छ । चुनावअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने सहमतिअनुसार पावर शेयरिङका आधारमा जसपालाई उपराष्ट्रिपति दिने लगभग निश्चित भएको हो ।

बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘हामीले उपराष्ट्रपति पहिलादेखि नै दाबी गर्दै आएका हौं । त्यो विषयमा आजको बैठकमा लगभग सहमति भयो । ठोस निर्णय बेलुकाको बैठकले गर्छ ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावमा आफू पराजित भएपछि संसदीय दलका नेता रामसहाय यादवलाई उपराष्ट्रपतिमा पठाएर आफू उपनिर्वाचनबाट संसद छिर्ने दाउ बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर