काठमाडौं उपत्यकाका निर्माण व्यवसायीलाई लाग्यो चुनाव, २ वटा प्यानल घोषणा – Nepal Press

काठमाडौं उपत्यकाका निर्माण व्यवसायीलाई लाग्यो चुनाव, २ वटा प्यानल घोषणा

काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको चुनावको लागि २ वटा प्यानल घोषणा भएको छ । संघको १७औं साधारणसभा तथा ९औं अधिवेशन फागुन १४ गते हुँदैछ ।

तीन वर्षे कार्यकाल रहने संघको नेतृत्वको लागि वर्तमान अध्यक्ष कृष्णप्रसाद गौतम र महासचिव शान्तकुमार श्रेष्ठले आआफ्नो प्यानल घोषणा गरेका छन् ।

गौतमको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कमला भट्टराई, प्रथम उपाध्यक्षमा लक्ष्मण थपलिया, द्वितीय उपाध्यक्षमा तिलक लामा, महासचिवमा पञ्चबहादुर तामाङ, उपमहासचिवमा अर्जुन मर्हजन र राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह-कोषाध्यक्षमा राजन श्रेष्ठ रहेका छन् ।

श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कविन्द्र मर्हजन, प्रथम उपाध्यक्षमा बासु खड्का, द्वितीय उपाध्यक्षमा टीकाराम सुवेदी, महासचिवमा ईश्वरराज पन्त, उपमहासचिवमा कृष्ण केसी र एेनप्रसाद अधिकारी, कोषाध्यक्षमा रमेश मर्हजन र सह-कोषाध्यक्षमा सञ्जीव शाक्यले उम्मेदवारी घोषणा गरेका छन् ।

संघमा करिब १ हजार ५ सय सदस्य रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *