शुक्रबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Nepal Press

शुक्रबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ ।

शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ४ सय कायम रहेको छ ।

अघिल्लो दिन बिहिबार मात्रै प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मुल्य घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *