सन्दीपको पुनरावेदनको पेसी ईश्वर खतिवडाको इजलासमा – Nepal Press

सन्दीपको पुनरावेदनको पेसी ईश्वर खतिवडाको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पाटन उच्च अदालतले गरेको आदेशमाथिको उनले गरेको पुनरावेदनउपर आज सर्वोच्चमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा उक्त मुद्दाको १६ नम्बरमा पेसी चढेको छ । सन्दीपले हिजो विदेश भ्रमणमा लगाइएको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् ।

यता सरकारी वकिल पक्षले पाटन उच्च अदालतको धरौटीमा छाड्ने आदेशविरुद्ध दर्ता गरेको पुनरावेदनको पेसी पनि आजै तोकिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगानका र हरिकुमार फुयाँलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसि ३३औं नम्बरमा चढेको छ ।

सन्दीपले आफ्नो निवेदनलाई पनि सरकारी वकिल पक्षको पुनरावेदनसँगै राखेर सुनुवाइ हुनुपर्ने माग गरेका छन् ।

यदि सन्दीपको माग सुनुवाइ गर्दै भोलि सर्वोच्चले विदेश भ्रमणको रोक हटायो भने उनी यूएई जान सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *