राष्ट्रपतिको निर्वाचनमा विदेशीले भैलो खेलेका छन्: भीम रावल (भिडिओ) – Nepal Press

राष्ट्रपतिको निर्वाचनमा विदेशीले भैलो खेलेका छन्: भीम रावल (भिडिओ)

सुर्खेत । नेकपा एमालेका नेता भीम रावलले नेपालको राजनीतिले गरेको गठबन्धन धेरै समय नटिक्ने ठहर पहिलै नै गरेको बताएका छन् ।शुक्रबार सुर्खेत  पुगेका सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता रावलले विपरीत सिद्धान्त भएका राजनीतिक दलले देशलाई गन्तव्यमा पुर्‍याउन नसकिने टिप्पणी गरेका हुन्।

आम निर्वाचनमा लोकप्रिय मतका लागि गठबन्धनका लागि गरियो यो कहिले टिक्दैन भनेर पहिले नै भनेको दाबी गरे ।

रावलले भने,‘ अहिलेको सरकार बन्दा पनि मैले टिप्पणी गरेको थिए यो गठबन्धन पनि टिक्दैन भनेर । तर, यहि हुँदैछ नेपाली राजनीतिमा । यो पनि राष्ट्रको हितमा एउटा कुनै सिद्धान्त, मुल्यक मान्यताबाट निर्देशन छैन् । यसभित्र गम्भीर समस्या छिट्टै उत्पन्न हुनेछ भनेको थिए । ’

‘राष्ट्रपतिको निर्वाचनमा अहिलेको भएको गतिविधिले आम नागरिक पनि चकित पर्छन् होला ।’ उनले भने। अमुख विदेशीका राजदुतहरु नेताहरुको घर घरमा गएर भैलो खेलिरहेका उनले टिप्पणी गरेका छन्। यसरी देशको राष्ट्रपति जस्तो संविधानको संरक्षक नेपाली जनताको प्रतीक हुनुपर्ने पदलाई विदेशीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

‘राष्ट्रपतिको बन्ने कुरा बिदेशीहरुले नाम लिएको समाचार माध्यममा सुने । यो र निन्दनीय रहेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर