बालुवाटारमा चार दलका शीर्ष नेतृत्वबीच छलफल जारी – Nepal Press

बालुवाटारमा चार दलका शीर्ष नेतृत्वबीच छलफल जारी

काठमाडौं ।नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस, नेकपा एस र  जसपासहित ४ दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेतृत्वबीच बैठक सुरु भएको हो ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भइरहेको छ ।

साथै कांग्रेस नेता गगन थापा  र माओवादी नेता  तथा भाैतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर