यूएईलाई ९२ रनको लक्ष्य पूरा गर्न संघर्ष, नामिबियामाथि एक विकेटले विजयी – Nepal Press

यूएईलाई ९२ रनको लक्ष्य पूरा गर्न संघर्ष, नामिबियामाथि एक विकेटले विजयी

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईले वुधबार नामिबियामाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । ९२ रनको लक्ष्य पाएको यूएईले ३३ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको थियो ।

घरेलु मैदानमा यूएईले १० औँ विकेटका लागि १३ रनको साझेदारी गर्यो । यूएईका लागि आयान अफजल खानले अविजित ३५ रन बनाए ।

विकेटकिपर भ्रित्या अरविन्दले १८ तथा मुहमद वासिम र कप्तान चुन्डानगापोइल रिजवानले ११/११ रन बनाए । त्यसअघि पहिला ब्याटिङ गरेको नामिबिया ३१.१ ओभरमा ९१ रनमा अलआउट भएको थियो ।

नामिबियालाई सस्तोमा समेट्न जहुर खान, आयान अफजल र कार्थिक मेइयाप्पानले ३/३ विकेट लिए । २७ खेलबाट २९ अंक भएको यूएई तालिकाको पाचौँ स्थानमा छ । नामिबिया ३५ खेलबाट ३७ अंक जोडेर तेस्रोमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर