प्रचण्डसँगको भेटपछि माधव नेपालले भने- विभिन्न विकल्पमा छलफल जारी छ (भिडिओ) – Nepal Press

प्रचण्डसँगको भेटपछि माधव नेपालले भने- विभिन्न विकल्पमा छलफल जारी छ (भिडिओ)

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका विषयमा दलहरूसँग छलफल जारी रहेको बताएका छन् ।

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनले पुरानो गठबन्धन बिउँताउने तयारीबारे पत्रकारको जिज्ञासामा विभिन्न विकल्पमाथि छलफल भइरहेको बताए ।

‘विभिन्न विकल्पमाथि छलफल जारी छ । विभिन्न विकल्पमध्ये मुलुकको राजनीति र संविधानलाई जोगाउनका लागि भूमिका खेल्ने विकल्पमा टुंगो लाग्छ’, नेपालले भने ।

राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँचदलीय गठबन्धन बिउँताउने विषयमा नेताहरूको भेटघाट बाक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर