पाँचौं राष्ट्रिय लनटेनिसको उपाधि प्रदीप र अभिलाषालाई – Nepal Press

पाँचौं राष्ट्रिय लनटेनिसको उपाधि प्रदीप र अभिलाषालाई

रुपन्देही । बुटवलमा सम्पन्न पाँचांै राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको पुरुष/महिला एकलतर्फको उपाधि प्रदीप खड्का र अभिलाषा विष्टले जितेका छन् ।

बुधबार भएको पुरुषतर्फको फाइनलमा बुटवलका रितिक रानालाई ६-३, ६-३, ६-२ को सेटमा जीत निकाल्दै खड्काले उपाधि चुमे । महिला सिंगलको फाइनलमा विष्टले माहिका रानालाई ६-२ र ६-० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाइन् ।

प्रतियोगिताको पुरुष/महिला सिंगलका विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

यसैगरी ३५ वर्ष उमेर समूहको पुरुष एकलको उपाधि सन्तोष खत्रीले चुमे । फाइनलमा खत्रीले सिमान्त गुरुङलाई ६-२ र ७-५ को सेटमा पराजित गर्दै उपाधि जिते ।

५५ वर्ष उमेर पुरुष एकलको उपाधि विमल गुरुङ हात पारे । फाइनलमा कमल थापालाई ६-३ र ६-३ को सेटमा पराजित गर्दै गुरुङले उपाधि चुमे ।

विजेता र उपविजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, २२ नं. बाहिनीका उपरथी नवराज गुरुङ, नेपाल टेनिस संघका निवर्तमान अध्यक्ष मनोजशमशेर राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, उपाध्यक्ष डा. मनोज ढुगाना, निवर्तमान अध्यक्ष सञ्जयप्रकाश श्रेष्ठ, सल्लाहकार मनोज बस्नेत, संघका सचिव सब्बर मियाले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर