स्पट फिक्सिङका आरोपित मेहबुब-आदिललाई ३-३ लाख धरौटीमा छाड्न आदेश – Nepal Press

स्पट फिक्सिङका आरोपित मेहबुब-आदिललाई ३-३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । स्पट फिक्सिङ आरोपमा पक्राउ परेका पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित तीनै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश गरेको हो । ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना फरार रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएको थियो ।

तर, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपालीलाई मात्र मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर