राष्ट्रपतिमा राजनीतिक दलभन्दा बाहिर गएर  सहमति नखोजाैं : बस्नेत (भिडिओ) – Nepal Press

राष्ट्रपतिमा राजनीतिक दलभन्दा बाहिर गएर  सहमति नखोजाैं : बस्नेत (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्न नहुने बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले राष्ट्रपतिको सन्दर्भमा राष्ट्रिय सहमति भने आवश्यक रहेको तर राजनीतिक दलभन्दा बाहिर गएर भने सहमति खोज्नु नहुने बताएका हुन् ।

देशमा देखिएका चुनौतीहरुको समाधानका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाइ छ ।

‘राष्ट्रिय सहमति जहाँनिर जुट्छ, त्यहीनिर गरौं भनेको हो । तर, दलभन्दा बाहिर नजाऔं । स्पष्ट कुरा यो हो । राष्ट्रिय सहमति आजको आवश्यकता हो’, बस्नेतले भने, ‘पुस १० गतेदेखि आजसम्म घटनाक्रममा तलमाथि परेको छ । परिस्थितिमा फेरबदल भइराखेको छ । यो परिस्थितिमा आएको फेरबदलले सहमतिको माग गर्‍यो ।’

उनले राष्ट्रिय सहमतिको आवश्यकता सबैले बोध गरेमा सम्भव हुने बताए । राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुट्न नसकेमा अधिकतम सहमतिको बाटोमा जाने उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर