नेप्सेमा सुधार : यी हुन् कमाउने र गुमाउने कम्पनी – Nepal Press

नेप्सेमा सुधार : यी हुन् कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ३३.५७ अंकले बढेर नेप्से २०८० विन्दु कायम भएको हो ।

आज ४७ लाख ७९ हजार ७ सय ९६ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १ सय ८० रूपैयाँको कारोबार भयो । अघिल्लो कारोबारमा (सोमबार) बजार २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा बन्द भएको थियो ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर बजार परिसूचक निरन्तर घटिरहेको थियो ।

लिभर्टी इनर्जी कम्पनी, छ्याङदी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत र पिपुल्स पावर कम्पनीले आज सर्वाधिक नाफा कमाएका छन । त्यस्तै सर्वाधिक गुमाउनेमा आर्दश लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्था रहेका छन् ।

त्यसैगरी हिमालयन डिस्टिलरी १३ करोड २७ लाख ७५ हजार ८ सय ६६ रूपैयाँ बराबरको सेयर कारोबारसहित शीर्ष स्थानमा रहेको छ । बुधबार बजार पूँजीकरण ३० खर्ब १ अर्ब रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *