राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? – Nepal Press

राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारले बढीमा ४ लाखसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन निर्देशिका, २०७४ दोस्रो संशोधनमार्फत निर्वाचनको खर्च सीमा निर्धारण गरेको हो ।

निर्देशिकाको दफा १३७ मा निर्वाचन प्रचार प्रसार गर्नका लागि उम्मेदवारले तोकिएको हद भन्दा बढी नहुनेगरी खर्च गर्नुपर्ने उल्लेख छ । निर्देशिकाको व्यवस्था अनुसार सबैभन्दा बढी सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १/१ लाख खर्च गर्न पाइने छ ।

यस्तै, दोस्रोमा कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार खर्च गर्न पाइने छ ।

निर्देशिका अनुसार सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम विद्युतीय माध्यममा २०/२० हजार खर्च गर्न पाइने छ । यस्तै ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइने सीमा तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर