लघुवित्तलाई कस्ने नीति ल्याउँदै राष्ट्र बैंक – Nepal Press

लघुवित्तलाई कस्ने नीति ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । पछिल्लो समय समस्या देखिएपछि नेपाल राष्ट्र बैंकले लघुवित्तलाई कस्ने नीति ल्याउने तयारी गरेको छ । लघुवित्त वित्तीय संस्थाहरु राष्ट्र बैंकले तोकिदिएको दायराभन्दा बाहिर गएको भन्दै चाँडै लघुवित्त वित्तीय संस्थालाई कडाई गर्ने निर्देशन जारी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपालले धेरै लघुवित्तबाट ऋण लिन नपाउने गरी व्यवस्था गर्न लागिएको बताए ।

यस्तै, सेवा शुल्क पनि एक वर्षमा १.५ प्रतिशतभन्दा बढी लिन नपाउने, १५ प्रतिशतभन्दा बढी ऋणको ब्याज लिए राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने उनले बताए ।

शेयरका खेलाडीले पनि लघुवित्त बिगारेको नेपालको आरोप छ । विभिन्न ठाउँका लघुवित्तका ऋणीहरु काठमाडौंमा आएर ऋण तिर्न नसक्ने र मिनाहा गरिदिन माग गर्दै विरोध गरिरहेका छन् । ऋणीहरुले लघुवित्त वित्तीय संस्थाहरुले आफुहरुमाथि ज्यादती गरेको बताउँदै आएका छन् । लघुवित्तले मर्नु न बाँच्नु पारेको ऋणीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *