लिभरपुलमाथि रियलको सानदार पुनरागमन जित – Nepal Press

लिभरपुलमाथि रियलको सानदार पुनरागमन जित

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत लेग वान मा स्पेनिस क्लब रियल मड्रिडले इङलिस क्लब लिभरपुलविरुद्ध सानदार पुनरागमन जित निकालेको छ ।

मंगलबार राति एनफिल्डमा सम्पन्न खेलको चौथो मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मोहमद सलाहले १४औं मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

त्यसको ६ मिनेट नबित्दै रियलका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याएका थिए । भिनिसियसको गोलसँगै खेलमा पकड बनाएको रियलका लागि भिनिसियलेनै ३६औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफ रोमाञ्चक बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पाउना टिम लिभरपुलमाथि हाबि भएको थियो ।
इडर मिलिटाओले ४७औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसको आठ मिनेट नबित्दै करिम बेन्जिमाले गोल गर्दै रियललाई ४–२ को अग्रता दिलाएका थिए । बेन्जिमाले ६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता फराकिलो पारे ।
त्यसपछि निर्धारित समयसम्म थप गोल हुन नसक्दा रियलले लिभरपुलमाथी ५–२ गोलको नतिजमा जित निकालेको हो ।

पराजित भएसँगै लिभरपुल च्याम्पियन्स लिग इतिहासमा घरेलु मैदानमा पाँच गोल खाने पहिलो टिम बनेको छ । भने, रियल २ गोल खाएपछि पुनरागमन गर्दै तीन गोल मार्जिनले जित्ने पहिलो टिम बनेको छ । दोस्रो लेग मार्च १६मा रियलको घरेलु मैदानमा हुनेछ ।
यस्तै, बुधबारनै सम्पन्न अर्को खेलमा नापोलीले फ्राङकफर्टलाई २–० गोलको नतिजमा पराजित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर