त्रिदेशीय क्रिकेट शृङ्खला : के-के लेखे स्कटल्यान्ड र नामिबियाका मिडियाले ?  – Nepal Press

त्रिदेशीय क्रिकेट शृङ्खला : के-के लेखे स्कटल्यान्ड र नामिबियाका मिडियाले ? 

काठमाण्डौः नेपाल आयोजक भएको आइसिसी विश्वकप लिग २ त्रिदेशीय क्रिकेट शृङ्खलाको मैझारो भएको छ । नेपालमा ज्यादै धेरै कोणमा समाचार बनेको यो शृङ्खलाको विदेशमा पनि चर्चा भयो ।

खासगर सन्दीप लामिछानेको बलात्कार आरोपको अदालतमा विचाराधीन मुद्दाको कारण चर्चा धेरै भयो । त्यसमा सन्दीप र स्कटल्यान्डका खेलाडीको हात मिलाउने प्रसङ्गमा आ–आफ्ना कोणका समाचारबाट पनि यो त्रिदेशीय शृङ्खलाले अतिरिक्त चर्चा पायो ।

खेलकै कोणबाट पनि त्रिदेशीय शृङ्खलाको चर्चा भएको छ । नेपालमा भएको चर्चाको बारेमा सबैलाई जानकारी नै छ । यो सामाग्रीमा नामिबिया र स्कटल्यान्डमा भएको मिडिया कभरेजको संक्षिप्त चर्चा गरिएको छ ।

नामिबियाको अंग्रेजी भाषाको दैनिक द नामिबियनले त्रिदेशीय सिरिजको राम्रो चर्चा गरेको छ । फेब्रुअरी २ देखी २१ सम्म लगातार नामिबियनले समाचार बनाएको छ । पहिलो समाचार नेपाली प्रदर्शनकारीहरूले सन्दीप लामिछानेलाई खेलाइएको भन्दै नेपालको यात्रा रद्द गर्न आग्रह गरेको समाचार बनाएको नामिबियनले भारतीय अनलाइन द प्रिन्टको समाचार साभार गरेको छ । त्यो समाचार बाहेक नामिबियनले सन्दीप जोडिएको अरू समाचार भने बनाएको छैन । नामिबियाको नेपाल टूरदेखि चार खेलमा चारै हारेको नामिबियाको समाचार नामिबियनले बनाएको छ ।

नामिबियाको सरकारी अखबार नामिबियन सनले पनि समाचार बनाएको छ । उसले सन्दीप प्रकरणलाई जोडेको छैन । पहिलो समाचार स्कटल्याण्डसँग हारेको बनाएको छ भने पछिल्लो समाचार नामिबियाले सबै खेलामा हारेको बारेमा बनाएको छ ।

नामिबियाको जस्तो मिडिया कभरेज स्कटल्यान्डका अखबारमा भएको छैन । उदाहरणका लागी स्कटल्यान्डका अखबारहरु स्कटिस सनदेखी द स्कट्सम्यान दुवैले नेपालको क्रिकेट शृङ्खलालाई समाचारमा अटाएका छैनन् । फुटबलका समाचारहरूले धेरै भरिएको खेल खण्डमा नेपालमा भएको  क्रिकेटले स्थान पाएको छैन ।

स्कटल्याण्डको क्रिकेट बारेमा समाचार लेख्ने क्रिकेट स्कटल्यान्ड डटकमबाहेक अन्त यसका खेल समाचार आएका छैनन । क्रिकेट स्कटल्याण्डले भने नेपाल यात्रामा आएका दुई नयाँ अनुहारदेखि विजेता स्कटल्यान्ड भएको जस्ता विभिन्न खेलका समाचारहरूलाई प्राथामिकताकासाथ प्रकाशन गरेको छ । यसले पनि सन्दीप लामिछाने प्रकरणलाई बेग्लै समाचार भने बनाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर