सरकारी उद्योग निजी सेक्टरसँग प्रतिस्पर्धामा जानुपर्छ : मन्त्री श्रेष्ठ – Nepal Press

सरकारी उद्योग निजी सेक्टरसँग प्रतिस्पर्धामा जानुपर्छ : मन्त्री श्रेष्ठ

हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले सरकारी उद्योगहरुले आफूलाई नयाँ प्रविधिमा विस्तार गर्दै निजी क्षेत्रसँग प्रतिस्पर्धामा जानुपर्ने बताएका छन् ।

समग्र उद्योग ट्रेड युनियन हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको १६ औं अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारी उद्योगहरु जीर्ण बन्दै जानु दुःखद भएको बताए ।

उनले असल उद्देश्य राखेर सरकारले स्थापना गरेका उद्योगलाई सफल बनाउन सबै पक्षबाट सहयोग हुनुपर्ने धारणा राखे । स्वर्णीम इतिहास बोकेको हेटौंडा सिमेन्ट उद्योगले हेटौंडा कपडा उद्योगको जस्तो अवस्था व्यहोर्न नहुने मन्त्री श्रेष्ठको भनाइ छ ।

सिमेन्ट उद्योगमा भएका समस्यालाई सबै मिलेर समाधान गर्नुको विकल्प नभएको भन्दै उनले प्रदेश सरकार पनि उद्योगलाई सफल बनाउने काममा हातेमालो गरेर अघि बढन तयार भएको बताए ।

हेटौंडा सिमेन्ट जस्तो प्रतिष्ठित उद्योगको कारण हेटौंडा देशभर औद्योगिक नगरको रुपमा चिनिएको भन्दै उनले सिमेन्ट उद्योगलाई जोगाएर प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले सहकार्य गर्ने बताए ।

मन्त्री श्रेष्ठले सरकार मातहतका उद्योगले कम नाफा कमाएर सेवामा बढी ध्यान दिनुपर्नेमा जोड दिए ।

आफूहरुले यो वर्ष १० हजार दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सीपमूलक तालिम अघि बढाएको भन्दै मन्त्री श्रेष्ठले प्रदेश सरकार श्रमिकमैत्री नीति बनाएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *