पाँच विकेट गुमाएसँगै संकटमा नेपाल – Nepal Press

पाँच विकेट गुमाएसँगै संकटमा नेपाल

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा पाँच विकेट गुमाएसँगै नेपाल संकटमा परेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले शीर्ष क्रमका पाँच ब्याटर गुमाइसकेको छ ।

ओपनर कुशल भुर्तेल ४ बल खेल्दै १ रनमा आउट हुँदा आसिफ शेख २३ बलमा १२ रन योगदान गरेर क्याच आउट भए । अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका ज्ञानेन्द्र मल्ल ३० बलमा २१ रन बनाउँदै एलबीडब्ल्यू आउट भए ।

कुशल मल्ल १७ रनमा आउट हुँदा सन्दीप जोरा १ रनमात्रै बनाउन सफल भए ।

पाँच विकेट गुमाएपछि क्रिजमा कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी खेलिरहेका छन् ।

नेपाल २० ओभरको समाप्तिमा ७३/५ को स्थितिमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर