सन्दीपलाई यूएई लैजान माग गर्दै त्रिवि मैदानमा नाराबाजी – Nepal Press

सन्दीपलाई यूएई लैजान माग गर्दै त्रिवि मैदानमा नाराबाजी

काठमाडौं । क्रिकेट समर्थकहरुले सन्दीप लामिछानेलाई नेपालको यूएइ भ्रमणमा समावेश गर्न माग गर्दै त्रिवि मैदानमा नाराबाजी गरेका छन् । आज नेपाल र स्कटल्यान्डको खेल चलिरहँदा समर्थकहरुले सन्दीपको पक्षमा नाराबाजी गरेका हुन् ।

आजको म्याचमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । नेपालका लागि सन्दीपले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभर बलिङ गर्दा चार विकेट लिन सफल भए । यो प्रतियोगितामा उनको विकेट संख्या १३ पुगेको छ ।

सन्दीपका प्रत्येक विकेटमा समर्थकहरुले सेलिब्रेसन गरेका थिए । त्यससँगै उनीहरुले ‘सन्दीपलाई दुबइ लग’ भन्दै नारावाजी गरेका हुन् । नेपाली टिम आगामी १३ गते विश्वकप लिग २ को अर्को त्रिकोणात्मक श्रृंखला दुबइ जाँदैछ । सन्दीपलाई अदालतले विदेश भ्रमणमा रोक लगाएकाले उनी यूएइ जान पाउँदैनन् ।

तर, सन्दीपको अनुपस्थितिमा नेपालको बलिङ कमजोर हुने भन्दै फ्यानहरुले उनलाई यूएइ लैजानुपर्ने माग गरेका हुन् । सामाजिक सञ्जालमा पनि धेरैले यस्तो माग गरिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *