स्कटल्यान्डविरुद्ध सन्दीपलाई तेस्रो सफलताः दुई बलमा लगातार विकेट – Nepal Press

स्कटल्यान्डविरुद्ध सन्दीपलाई तेस्रो सफलताः दुई बलमा लगातार विकेट

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा बलिङको निम्तो पाएको नेपालले तेस्रो विकेट लिएको छ । स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका छन् ।

स्कटल्यान्डविरुद्धको म्याचमा स्पिनरलामिछानेले तेस्रो विकेट लिएका हुन् । उनले लगातार बलमा दुई ब्याट्सम्यान आउट गर्दै आफ्नो विकेट संख्या तीन पुर्‍याएका छन्।

आफ्नो पहिलो ओभरमा विकेटको खाता खोलेका सन्दीपले दोस्रो ओभरमा लगातार दुई बलमा स्कटल्यान्डका दुई महत्वपूर्ण विकेट खसाले । नेपालको १३ औं ओभरको पाचौं बलमा उनले ६० रन बनाएर विष्फोटक ब्याटिङ गरिरहेका जर्ज मुन्सेलाई बोल्ड गरे । त्यसको लगत्तै स्कटल्यान्डका कप्तान रिची बेरिङटनलाई पनि उनले पेभिलियन फर्काए ।

अन्य बलरहरुले सफलता नपाइरहँदा स्कटल्यान्डको आक्रामक ब्याटिङलाई सन्दीप एक्लैले काउन्टर गरिरहेका छन् । टस जितेर नेपालले लगातार चौंथो म्याचमा पहिले फिल्ङिड गरिरहेको छ । आजको खेलमा नेपालविरुद्ध स्कटिस ब्याट्सम्यानहरु आक्रामक रुपमा पेश भएका छन् । उनीहरुले ६ भन्दा बढीको रनरेटमा ब्याटिङ गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर