सुदूरपश्चिम माओवादको पदाधिकारी बैठक आज पनि बस्दै, यस्ता छन् एजेन्डा – Nepal Press

सुदूरपश्चिम माओवादको पदाधिकारी बैठक आज पनि बस्दै, यस्ता छन् एजेन्डा

कैलाली । सुदूरपश्चिम प्रदेश माओवादी पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । हिजो कैलालीको गौरिगंगामा बैठक बसेको थियो । आज भने धनगढीमा बैठक बस्न लागेको हो ।

बैठकमा अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेर आएकाहरूको व्यवस्थापन, सचिवालय गठन र सरकारका बिषयमा छलफल हुने बताइएको छ ।

हिजोको बैठकमा पनि यही बिषयमा छलफल भएको थियो ।। हिजो कुनै निर्णय नभएको र आज निर्णय हुने माओवादी स्रोतले बताएको छ ।
सरकारलाई विश्वासको मत दिने बिषयमा आज पनि ठोस निर्णय नहुने बुझिएको छ ।

‘यो केन्द्रबाटै निर्धारण हुने बिषयमा भएको हुँदा प्रदेशमा निर्णय नहुन सक्छ’ एक पदाधिकारीले भने ‘तर, सरकारलाई विश्वासको मत दिने र नदिने भन्ने बिषयमा भने गम्भीर छलफल भइरहेको छ।’

सुदूरपश्चिम प्रदेशमा माओवादीले विश्वासको मत दिन सक्ने अनुमान कांग्रेसका नेताहरूले गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई र केही माओवादीले पाएको प्रदेशमा कांग्रेसले पनि विश्वासको मत दिएको हुँदा यहाँ कांग्रेस सरकारलाई माओवादीले विश्वासको मत दिने अनुमान गरिएको हो ।

तर, माओवादीले भने यस बिषयमा अझै ठोस निर्णय गरिसकेको छैन । नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नहुँदा सम्म विश्वासको मत दिन नसकिने बताएको छ। माओवादीले पनि विश्वासको मत नदिएको अवस्थामा सरकार एक महिनामै ढल्ने देखिएको छ ।

यस अघिको एमाले सरकार पनि विश्वासको मत नपाएर एक महिनामै ढलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर