माओवादी सुदूरपश्चिम पदाधिकारी बैठक :  विश्वासको मतबारे भएन ठोस निर्णय – Nepal Press

माओवादी सुदूरपश्चिम पदाधिकारी बैठक :  विश्वासको मतबारे भएन ठोस निर्णय

कैलाली । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठक आज कैलालीको बढैपुरमा बसेको छ । उक्त बैठकले केन्द्रको समीकरण अनुसार अघि बढ्ने सङ्केत दिएको छ ।

बैठकमा सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने विषयमा पनि छलफल भएको थियो । तर, विश्वासको मत दिने वा नदिने भन्ने विषयमा ठोस निर्णय नभएको एक पदाधिकारीले बताए ।

उनका अनुसार केन्द्रको राजनैतिक समीकरण अनुसार प्रदेशमा पनि भूमिका खेल्नु पर्ने बिषयमा छलफल भएको थियो ।

एमालेका मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता कमल शाह अहिले मुख्यमन्त्री छन् । उनले पनि ३० दिन भित्र विश्वासको मत लिइसक्नु पर्ने छ ।

तर, अहिले सम्म उनले पनि विश्वासको मत पाउने नपाउने भन्ने यकिन हुन सकेको छैन । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पुरा नभए सम्म विश्वासको मत दिन नसकिने बताएको छ भने माओवादी केन्द्रले पनि आज केन्द्रको समीकरण अनुसार अघि बढ्ने सङ्केत दिएको छ ।

बैठकमा सहभागी केही नेताहरूले संसद् जोगाउन भएपनि विश्वासको मत दिनु पर्ने बताएका थिए । तर, त्यस बिषयमा कुनै निर्णय नभएको नेताहरूले बताए ।

बैठक भोलिसम्म जारी रहने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर