महाधिवेशनको मिसनमा युवा संंघ: विभिन्न उपसमिति गठन (सर्कुलरसहित) – Nepal Press

महाधिवेशनको मिसनमा युवा संंघ: विभिन्न उपसमिति गठन (सर्कुलरसहित)

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारेको छ । माघ २ गते काठमाडौँमा सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले गरेको निर्णय अनुमोदन गर्दै संघको नवौं राष्ट्रिय महाधिवेशन सफल बनाउन मातहत कमिटीहरुलाई बिशेष सर्कुलर जारी गरिएको छ ।

मातहत कमिटीलाई चैत्र पहिलो सातासम्म सम्पूर्ण वडा,पालिका तथा जिल्ला कमिटिको अधिवेशन अनिवार्य रुपमा सम्पन्न गर्नका लागि बैठकले निर्देशित गरेको छ ।

चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा हुने नवौं महाधिवेशन सफल बनाउन विभिन्न समिति उपसमिति गठन गरेको छ । संघका अध्यक्ष किरण पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

सह संयोजकमा संघका उपाध्यक्ष एवं गण्डकी प्रदेश ईन्चार्ज सन्तोष रावल र संघका उपाध्यक्षहरु एवं लुम्बिनी प्रदेश ईन्चार्ज सुमन पुरीलाई तोकिएको छ भने केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरु मूल व्यवस्थापन समितिको सदस्य रहनेछन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर