नेविसंघ र क्रान्तिकारीका विद्यार्थीबीच थापाथली क्याम्पसमा हात हालाहाल – Nepal Press

नेविसंघ र क्रान्तिकारीका विद्यार्थीबीच थापाथली क्याम्पसमा हात हालाहाल

काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको छ ।

झण्डा हटाइएको विषयमा विवाद हुँदा झडप भएको क्याम्पस प्रशासनले जानकारी दियो । क्याम्पस स्रोतका अनुसार निषेधित क्षेत्रमा झण्डा राखेको भन्दै नेविसंघका विद्यार्थीले क्रान्तिकारीको झण्डा हटाएका थिए ।

त्यसपछि दुई पक्षका विद्यार्थीबीच हात हालाहाल भएको हो । त्यहाँ अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले हस्तक्षेप गरेपछि स्थिति सामान्य भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर