स्कटल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नामिबिया – Nepal Press

स्कटल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नामिबिया

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ गर्ने भएको छ । यस सिरिजको आफ्नो अन्तिम खेलमा नामिबियाले स्कटल्याण्डलाई हराउँदै सुखद् अन्त्य गर्न चाहन्छ ।

नामिबिया पहिलो खेलमा घरेलु टोली नेपालसँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेटले हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा नामिबिया नेपाललैसँग तीन विकेटले पराजित भएको थियो ।

स्कटल्याण्डले पनि नामिबियालाई हराउँदै जित पक्का गर्न चाहन्छ । विभिन्न सात राष्ट सहभागी विश्वकप लिग २ मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ खेलमा हारका साथ ४८ अङ्कका साथ शीर्ष स्थानमा छ । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । यस सिरिजमा नामिबियाको आज अन्तिम खेल हो भने स्कटल्याण्डले भोलि घरेलु टोली नेपालसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर