राष्ट्रपतिमा सहयाेग माग्दै देउवासहित कांग्रेस नेताहरूकाे दलबल बालुवाटारमा – Nepal Press

राष्ट्रपतिमा सहयाेग माग्दै देउवासहित कांग्रेस नेताहरूकाे दलबल बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। राष्ट्रपतिकाे निर्वाचनमा आफूलाई सघाउन आग्रह गर्दै नेताहरू प्रधानमन्त्रीसँग भेटेका हुन्।

प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए।

कांग्रेस नेताहरूकाे आग्रहमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएकाे स्राेतले बतायाे। प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन्। माओवादीले राष्ट्रपतिबारे छलफल गर्न भाेलि पदाधिकारी बैठक बाेलाएकाे छ।

पुस १० गते प्रचण्ड नेतृत्वको सरकार गठनपूर्व सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति बनेको थियो । त्यसअनुसार एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने र उसलाई माओवादीले समर्थन गर्नुपर्ने अडान राख्दै छ । तर, कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै प्रचण्डको भाका फेरिरहेका छन् ।

एमालेलाई राष्ट्रपति दिने पूर्वसहमतिबाट पछि हट्दै उनले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताइरहेका छन् । उनको भनाइको भित्री अभिष्ट चाहिँ एमालेलाई नदिने भन्ने नै हो । कांग्रेस आफ्ना उम्मेदवारलाई माओवादीले सघाउनेमा ढुक्क भएर बसेको छ ।

फागुन २५ गते हुने निर्वाचनका लागि १३ गते मनोनयन हुँदैछ । प्रधानमन्त्री प्रचण्डले र एमाले अध्यक्ष ओली निरन्तर संवादमा छन् । तर, प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको छलफल सकारात्मक बन्न नसक्दा गठबन्धनमा धाँजा फाटेको छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग समानान्तर संवादमा छन् । एमालेले साथ छाडे पाँचै वर्ष प्रधानमन्त्री दिने आश्वासनसहित कांग्रेसले प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

2 thoughts on “राष्ट्रपतिमा सहयाेग माग्दै देउवासहित कांग्रेस नेताहरूकाे दलबल बालुवाटारमा

  1. चटकेले देश बर्वाद बनायो । कहिले यता नाँचेको छ भएन भनेको छ कहिले उता नाँचेको छ भएन भनेको छ । एउटाकोमा नाँच्छु भन्छ अर्कोमा आँखा लगाउँछ फेरि अर्कोकोमा नाँच्छु भन्छ अर्कैतिर आँखा जुँधाउँछ । बेस्यावृत्तिमा लागेको व्यक्तिको बरू केही इमानजमान, धर्म भन्ने् भन्ने हुन्छ तर यो चटके त बेश्याको जति पनि ईमान नभएको बेईमान रहेछ ।

    1. दुई महिना पनि पुगेको छैन देउवाले मलाई लात हाने भन्दै रूँदै प्रचण्ड वालकोट पुगेको । ओलिले उदार भएर, पुराना कुरा बिर्सेर ल न त तपाईलाई लातै हानेका हुन भने हामी सहयोग गर्छौं भनेर प्रधानमन्त्री नै बनाईदिए । अरू पदमा पनि त्यसरी नै सहमति गरे । उनी प्रधानमन्त्री भए र सहमति अनुसार नै संघ, प्रदेशका सरकार बन्नेदेखि देश एउटा कोर्समा हिडिरहेको अवस्थामा एक्कासी एमालेलाई दिने सहमति भएको पद नदिन अनेक बहाना गरेर देशलाई अस्थिरतातिर धकेल्ने काम गर्दैछन् प्रचण्ड । हुन त उनको कामै दिल्लीको दलाल बनेर नेपालमा नियन्त्रित अस्थिरता फैलाउने हो । ५२ सालदेखि देखिएको त्यहि नै हो । तैपनि बुद्वि पलायो कि भनेको होईन रहेछ । भारतीय दलालहरू एमालेलाई राष्ट्रपति नदिन र गठबन्धन भत्काउन ज्यान दिएर लागेका छन् । किन भारत एमालेलाई सत्ताबाट बाहिर राख्न चाहान्छ भन्ने प्रश्न नेपाली जनताले खोज्न शुरू गर्नु परेन ? कारण त स्पष्ट छ कि भारत नेपामा गुलाम सरकार र राष्ट्रपति बनाएर नेपालका नदीनाला लुटने, नेपाललाई उसको सामान बेच्ने वजार मात्र बनाउने, नेपालले अरू राष्ट्रहरूसँग सम्बन्ध नबनाओस भनेर हो । त्यसो गर्न एमाले मान्दैन । एमाले भारतसँग समान हैसियतमा कुरा गर्छ । तर अरू भारतको गुलाम बन्न चाहान्छन र बनिरहेका पनि छन् । यी बफादार ककुरहरूले भारतसँग मिलेर नेपाललाई वरवाद बनाए । केही बफादार कुकुरमध्ये एउटा १२ भाइ मध्येक‍ो पनि हो जो आजभोलि एमालेलाई राष्ट्रपति नदिन मिडिया मार्फत लैनचौरको लागि दलाली गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर