‘फाटेको जुत्ता’को सिक्वेल बन्ने – Nepal Press

‘फाटेको जुत्ता’को सिक्वेल बन्ने

काठमाडौं । अर्जुन कुमार प्रोडक्शनले निर्माण गर्ने चलचित्र ‘फाटेको जुत्ता खै ?’ आगामी कार्तिक २४ गते रिलिज हुने भएको छ ।

‘फाटेको जुत्ता’ को पहिलो सिरिज ५ वर्ष अगाडि कार्तिक ३ मा रिलिज भएको थियो । कार्तिक ‘फाटेको जुत्ता खै ?’ को लागि लक्की महिना भएको बताउँदै निर्माता अर्जुन कुमारले कार्तिक २४ गते फिल्म रिलिज गर्ने निर्णय गरेको बताए ।

एनआरएनए दुबईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुन कुमारले फिल्म ‘फाटेको जुत्ता खै ?’ निर्माण गर्न लागेका हुन् ।

फिल्ममा सौगात मल्ल र ऋचा शर्माको मुख्य भूमिका रहनेछ । फिल्मको निर्देशन निकेश खड्काले गर्नेछन् । ‘फाटेको जुत्ता’ को पहिलो संस्करण पनि निकेशले नै निर्देशन गरेका थिए । त्यसैको निरन्तरतामा ‘फाटेको जुत्ता खै ?’ निर्माण हुन लागेको हो ।

आकाश बरालको कथामा निर्माण हुने चलचित्रमा संगीत प्रवेश मालिकको रहनेछ । बैशाखबाट फ्लोरमा जाने चलचित्रलाई दुबईका वितरक रमेश ढकालले मिडल इस्ट देशमा वितरण गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *