मधेसका मुख्यमन्त्रीले प्रजातन्त्र स्थापनाको दिन भुलेपछि… – Nepal Press

मधेसका मुख्यमन्त्रीले प्रजातन्त्र स्थापनाको दिन भुलेपछि…

जनकपुरधाम । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देश विवादित बनेको छ ।

२००७ फागुन ७ गते १०४ वर्षे राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको भएको दिनको स्मरणमा हरेक वर्ष आजको दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाइन्छ । तर, मधेसका मुख्यमन्त्री यादवले जारी गरेको शुभकामना सन्देशमा प्रजातन्त्र स्थापना भएको मिति २०४६ फागुन ७ लेखिएको थियो ।

मुख्यमन्त्रीले नै प्रजातन्त्र स्थापना भएको दिन भुलेको भन्दै अहिले समाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ ।

आलोचना बढेपछि २०४६ को ठाउँमा टिपेक्स लगाएर २००७ बनाई अर्को सन्देश जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर