आज जसपाको बैठक : यस्ता छन् एजेण्डा – Nepal Press

आज जसपाको बैठक : यस्ता छन् एजेण्डा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिकलगायतका एजेण्डामा बैठक केन्द्रित हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बैठकमा राष्ट्रपति-उपराष्ट्रपति चुनावमा पार्टीको रणनीति, मंसिर ४ मा सम्पन्न निर्वाचनका अन्तर्घातीलाई कारबाहीको विषयबारे पनि छलफल गरिने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुनेछ ।

हिजोमात्र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटेर राष्ट्रपतिमा आफूलाई सघाउन आग्रह गरेका थिए । पौडेलसँग यादवले उपराष्ट्रपतिबारे चासो राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर