ईंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित – Nepal Press

ईंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित

काठमाडौं । ईंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले न्युकासललाई २-० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक-एक गोल गरे पछि लिभपपुलले सहज जित निकालेको हो । दशौँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । लगत्तै, १७ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

खेलको २२ औं मिनेटमा गोलकिपर निक पोपले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै लिभरपुलले २२ खेलमा ३५ अंक जोडेर आठौं स्थानमा रहेको छ भने न्युकासल ४१ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर