कार्यकर्ता पढाउँदै नेकपा एस, प्रदेश १ बाट सुरू – Nepal Press

कार्यकर्ता पढाउँदै नेकपा एस, प्रदेश १ बाट सुरू

विराटनगर । नेकपा एस प्रदेश १ कमिटीको आयोजनामा शनिबारदेखि मोरङको लेटाङमा आवासीय प्रशिक्षण जारी छ । पार्टीको आधारभूत तहसम्म प्रशिक्षण दिन प्रशिक्षकहरू तयार गर्ने उद्देश्यका साथ उक्त तालिम सुरू गरिएको प्रदेश १ कमिटी अध्यक्ष बलदेव चौधरीले जानकारी दिए ।

प्रशिक्षक प्रशिक्षणमा प्रदेश १ का १४ जिल्लाका ६० जना प्रशिक्षार्थी सहभागी छन् । पार्टीका शीर्षस्थ नेतासहितले तालिम दिने गरी प्रशिक्षक प्रशिक्षणको व्यवस्था मिलाइएको छ । शनिबार पहिलो दिनको तालिम उद्घाटन कार्यक्रमसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी गराए ।

सम्मानित नेता झलनाथ खनालले ‘पार्टीको मार्गदर्शक सिद्धान्त र अबको बाटो’ र महासचिव डा. बेदुराम भुसालले ‘संगठनात्मक सिद्धान्त तथा पार्टी अभियान’ बारे प्रशिक्षण दिए ।

तालिम उद्घाटन कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा प्रदेश १ इञ्चार्ज घनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राईलगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर