बादी समुदायको देह व्यापारको कथा समेटिएको ‘उडेको चरी’ गीत सार्वजनिक (भिडियो) – Nepal Press

बादी समुदायको देह व्यापारको कथा समेटिएको ‘उडेको चरी’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । बादी समुदायको कथा समेटिएको ‘उडेको चरी’ गीत सार्वजनिक भएको छ । देवी घर्तीको स्वर रहेको उक्त गीतमा डिआर सुजनले स्वरमा साथ दिएका छन् ।

गीतमा शब्द र संगीत निर्देशन पनि डिआर सुजनकै रहेको छ । रेशम दर्लाको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

गीतको भिडियोमा डिआर सुजन, रोशनी कार्की, सूर्य ओली, प्रिया पोखरेल, अर्जुन कार्की, नन्दराम बादी लगायत अन्य कलाकारको अभिनय रहेको छ ।

उडेको चरी गीतको भिडियोमा सुदूरपश्चिममा रहेका बादी समुदायका यथार्थ घटना र पिडालाई चित्रण गर्न खोजिएको छ । बादी समुदायमा छोरीलाई अर्काको घरमा छोडेर, देह व्यापार तथा यौन व्यवसायमा संलग्न गराई पैसा कमाउने र जीविकोपार्जन गर्ने प्रचलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *