सम्हालिएर खेल्दै नेपाल, ज्ञानेन्द्र र आसिफबीच शतकीय साझेदारी – Nepal Press

सम्हालिएर खेल्दै नेपाल, ज्ञानेन्द्र र आसिफबीच शतकीय साझेदारी

काठमाडौं । नामिबियाविरुद्ध जारी म्याचमा नेपालका दुई ब्याट्म्यानले शतकीय साझेदारी गरेका छन् ।

आसिफ शेख र ज्ञानेन्द्र मल्लबीचको साझेदारीले नेपाल लक्ष्यतर्फ अग्रसर देखिएको छ ।

पहिलो ब्याटिङ गर्दै नामिबियाले नेपाललाई २७५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ९ रनमै पहिलो विकेट गुमाए पनि त्यसपछि सम्हालिएको छ । आसिफ र ज्ञानेन्द्र दुवैले संयमित ब्याटिङ गरिरहेका छन् भने रनरेटको प्रेसर पनि बढ्न दिएका छैनन् ।

पहिलो र दोस्रो म्याचमा असफल भएका यी दुवै ब्याट्सम्यान तेस्रो म्याचमा चम्केका हुन् । उनीहरू दुवैले अर्धशतक बनाएका छन् ।

ज्ञानेन्द्रले ६४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अर्धशतक पुरा गरे । त्यसअघि आसिफले ६२ बलमा अर्धशतक बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर