नामिबियाविरुद्ध आसिफको अर्धशतक – Nepal Press

नामिबियाविरुद्ध आसिफको अर्धशतक

काठमाडौं । ओपनर आसिफ शेखले जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियाविरुद्ध अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा आसिफले ज्ञनेन्द्र मल्लसँग ९९ रनको साझेदारी गर्दै ६२ बलमा ६ चौका र १ छक्काको मद्दतमा अर्धशतक बनाए । यो आसिफ छैठौं ओडीआई अर्धसतक हो ।

ओपनर कुशल भुर्तेल ५ बल खेल्दै १ रनमा आउट भएपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्ल ६१ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाएर क्रिजमा आसिफलाई साथ दिइरहेका छन् ।

नेपाल २१.५ ओभरमा १११/१ को स्थितीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर