वाईसीएल इञ्चार्ज दीपशिखाको प्रस्ताव- कांग्रेसबाट राष्ट्रपति, साढे दुई वर्षपछि एमालेको प्रधानमन्त्री – Nepal Press

वाईसीएल इञ्चार्ज दीपशिखाको प्रस्ताव- कांग्रेसबाट राष्ट्रपति, साढे दुई वर्षपछि एमालेको प्रधानमन्त्री

‘मध्यावधि चुनाव खर्च जाेगाउन कांग्रेसलाई सत्ता साझेदार बनाउनुपर्छ, प्रतिपक्षको भूमिका आम नागरिकलाई’

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा वाइसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले मध्यावधि चुनाव खर्च जोगाउनका लागि नेपाली कांग्रेसलाई पनि सत्ता साझेदार बनाउनुपर्ने बताएका छन्।

एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किने चर्चा चलिरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनिकट रहेका सापकोटाले यस्तो बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘जनमतअनुसार स्थायित्वका लागि मुलुकको प्रमुख नेतृत्व साझेदारी सहमतिय हुनुपर्छ । मुलुकलाई मध्यावधि चुनावको खर्चभारबाट जोगाउने हो भने नेपाली कांग्रेसलाई पनि सत्ता साझेदार बनाउनुपर्छ ।’

उनले जनमतअनुसार स्थायित्वका लागि मुलुकको प्रमुख नेतृत्व साझेदारी सहमतिय हुनुपर्ने बताएका छन्। कांग्रेसबाट राष्ट्रपति, माओवादीबाट प्रधानमन्त्री र एमालेबाट सभामुख भएपछि मात्रै मुलुक बच्ने उनको भनाइ छ।

‘अहिले कांग्रेसबाट राष्ट्रपति, माओवादीबाट प्रधानमन्त्री र एमाले बाट सभामुख । २/५ वर्षपछि एमालेबाट प्रधानमन्त्री माओवादीबाट सभामुख हुँदा मात्रै सत्ता अस्थिरताबाट मुलुक बच्छ । हामीले हामी सबै पार्टीको नेतृत्व र प्रवृति चिनेका बुझेका छौं । यसको सबैभन्दा ठुलो सहजकर्ता एमाले बन्नुपर्छ ।’

उनले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डप्रति कांग्रेससहित सबै दलले देखाएको सहमतिय सद्भावप्रतिको उहककाको उत्तरदायित्व यसैगरी पुरा हुने बताए।मुलुकको विशिष्ठ अवस्थामा प्रतिपक्षिय भुमिका नागरिक समाज, आम नागरिक र राज्यको चौथो अंग मिडियालाई छोडे केही नबिग्रने उनको भनाइ छ।

प्रतिक्रिया

3 thoughts on “वाईसीएल इञ्चार्ज दीपशिखाको प्रस्ताव- कांग्रेसबाट राष्ट्रपति, साढे दुई वर्षपछि एमालेको प्रधानमन्त्री

  1. यो जस्तो वाहियात नेता मैले देखेको छैन । पुस १० गतेसम्म लात हानेको काँग्रेसलाई बोकेर हिडन लाज छैन ?

  2. देश चलाउन नै कांग्रेस लाइ दिए हुन्छ,यि नाम का कम्युनिष्ट हरु को नेपाल मा अब काम छैन । यि भ्रष्टचारी र अपराधी हुन त्यसमा पनि यि माओवादी देश का लागि अभिसाप हुन ।

  3. वाह दिपशिखाजी कस्तो राम्रो आईडिया ! यो देशका बेरोजगार, श्रमिक, शोषित, पिडित जनताको लागि केहि छैन छ त केवल कांग्रेस, एमाले र माओवादीको लागि ? यसो गरौ न अब अलिकति रास्वापा, राप्रपा, जसपा, उन्मुक्ति, चित्रे काका लगायत विभिन्न दलकालाई पनि दिउँ अनि त देश अस्थिरताबाट बच्छ नि । नागरिक समाज र चौथो अंगलाई अलि अलि हड्डी फ्याँकिदिए न रहेगा बाँस ना बजेगी बाँसुरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर