सन्दीपको तेस्रो विकेटमा नेपाललाई चौथो सफलता – Nepal Press

सन्दीपको तेस्रो विकेटमा नेपाललाई चौथो सफलता

काठमाडौं । जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले चौथो सफलता प्राप्त गरेको छ । सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाए ।

यसअघि नामिबियाका दुई ओपनर लो–हान्द्रे लोउरेन्स र कार्ल ब्रिकेनस्टकलाई आउट गराउँदै सन्दीपले आउट गराउँदा नेपालले बलिङमा राम्रो सुरुआत गरेको थियो ।

तेस्रो नम्बरमा क्रिजमा आएका माइकल भान लिङ्गेनलाई दिपेन्द्रसिंह ऐरिले रनआउट गराउँदा नेपालले तेस्रो सफलता पाएको थियो । कप्तान इरास्मसलाई सन्दीपले बोल्डआउट गराउँदा नामिबिया ३० ओभरको समाप्तिमा ११४/४ को अवस्थामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर