कांग्रेसले हल्ला गर्दैमा सत्ता गठबन्धन भत्किन्नँ : उपाध्यक्ष नेम्वाङ – Nepal Press

कांग्रेसले हल्ला गर्दैमा सत्ता गठबन्धन भत्किन्नँ : उपाध्यक्ष नेम्वाङ

सुर्खेत । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले कांग्रेसले चाहदैमा र बाहिर चर्चा भए जस्तो वर्तमान सत्ता गठबन्धन भत्कने कुनै संभावना नरहेको दाबी गरेका छन् ।

नेकपा एमाले केन्द्रीय कार्याक्रम मिसन ग्रासरूट अभियानअन्तर्गत सुर्खेतमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष नेम्वाङले कांग्रेसका केही नेताहरूले रत्नपार्कको जस्तो सुगा रटाईले सत्ता गठबन्धनलाई कुनै असर नगर्ने बताए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच नियमित छलफल भइरहेको र बाहिर चर्चा भए जस्तो कुनै असहमति नरहेको नेम्वाङको दाबी छ ।

उनले भने, ‘मैले पनि प्रधानमन्त्रीसँग भेटेको छु, प्रधानमन्त्रीज्यू यो गठबन्धन भत्काउने पक्षमा मैले त देख्दैन ।’ अभिमुखीकरण कार्यक्रममा पार्टी सचिव योगेश भट्टराईले कर्णालीका सबै सूचाकांकको अवस्था कमजोर रहेको डाटा पेश गर्दै ती सूचाकांकलाई सकरात्मक बनाउन यो अभियान सार्थक हुने धारणा राखे व्यक्त गरे ।

उनले कर्णालीमा मिसन ग्रासरूट अभियानले अर्काे निर्वाचनमा ५० हजारभन्दा बढी मतदाता एमालेमा थप्न सक्नु पर्ने बताएका छन् । उनले आमनिर्वाचन जस्तै जनताको घरदैलोसम्म पुगिने र जनता र एमालेबीच सम्बन्ध पुर्नताजगी हुने बताए ।

कार्यक्रममा स्थायी समिति सदस्य एवम् कर्णाली इन्चार्ज यामलाल कंडेलले एमाले एकताबद्व भएको हुँदा कुनै पनि शक्तिले हराउन नसक्ने उक्त अभियानले एमालेलाई एकतावद्व बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर