ब्रोकरले अनुमति पाएको तीन महिनाभित्र डेढ कराेड चुक्तापूँजीसहित शाखा कार्यालय खोल्नुपर्ने – Nepal Press

ब्रोकरले अनुमति पाएको तीन महिनाभित्र डेढ कराेड चुक्तापूँजीसहित शाखा कार्यालय खोल्नुपर्ने

काठमाडौं । धितोपत्र दलाल व्यवसायीले (ब्रोकर) शाखा खोल्न अनुमति पाएको तिन महिनाभित्र शाखा सञ्चालनमा ल्याउनुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार धितोपत्र व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका २०७९ जारी गर्दै अनुमति पाएको तीन महिनाभित्र शाखा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।

ब्रोकरले आवश्यक कागजातसहित एकपटकमा एउटा मात्र शाखा खोल्नको लागि निवदेन दिनुपर्नेछ । शाखा कार्यालय सञ्चालन गर्न कम्तीमा सातदिन अगाडी धितोपत्र बोर्डलाई जानकारी गराउनुपर्नेछ । आवाश्यक पुर्वाधार तयार नभए १५ दिनको समय दिनेछ ।

त्यसपछि पनि तोकिएको पुर्वाधारको व्यवस्था नगरे अनुमति रद्दसमेत गर्न सकिने निर्देशिकामा उल्लेख छ । एउटा शाखा खोल्दा १ करोड ५० लाख चुक्तापूँजी कायम गर्नुपर्नेछ । यस्तै, चुक्तापुँजी भन्दा बढी नेटवर्थ हुनुपर्ने व्यवस्था गरिएको छ ।

मुख्य कार्यालय रहेको जिल्लामा शाखा खोल्न पाइने छैन । यद्यपी दुर्गम जिल्लाको हकमा भने थप दुइ शाखा खोल्न पाइने छ । ब्रोकरले काठमाडौं बाहिर कम्तीमा तीन शाखा खोलेपछि मात्र काठमाडौंमा शाखा खोल्न पाउँनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *