नयाँ क्यालेण्डरमा पृथ्वीजयन्ती र ‘जनयुद्ध दिवस’ को बिदा थप : यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय (भिडिओ) – Nepal Press

नयाँ क्यालेण्डरमा पृथ्वीजयन्ती र ‘जनयुद्ध दिवस’ को बिदा थप : यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय (भिडिओ)

काठमाडौं । सरकारले आगामी वर्ष २०८० सालको सार्वजनिक बिदा पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक बिदा निर्धारण गर्नका लागि भाद्र भित्र बिदाको पुनरावलोकन गर्ने निर्णय भएको जानकारी दिइन् ।

उनले पुस २७ गते पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप गरी वर्षका सबै बिदा क्यालेन्डरमा उल्लेख गर्न अनुमति दिने र २०८० साल भाद्रभित्र सार्वजनिक विदाको पुनरावलोकन गरिने बताइन् ।

बैठकले संसदमा संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन बिधेयक २०७९ फिर्ता लिने र छिटै यससम्बन्धी अर्को विधेयक सदनमा पेश गर्ने निर्णय गरेको छ भने लगानी कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने निर्णय भएको छ ।

बैठकले बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७८/७९ मा प्रचलित कानून बमोजिम नष्ट गरिएका वस्तुहरुको लागि राहत प्रदान गर्ने गरिएको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै, मन्त्रीपरिषदले फाल्गुन १५ देखि १८ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औं सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग दिन स्वीकृति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर