मिसन ग्रासरुट’ अभियानका लागि धनगढी पुगे एमाले उपाध्यक्ष पौडेल – Nepal Press

मिसन ग्रासरुट’ अभियानका लागि धनगढी पुगे एमाले उपाध्यक्ष पौडेल

कैलाली । आज सुरु हुने ‘मिसन ग्रासरुट’ अभियानका लागि एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल धनगढी पुगेका छन् । धनगढी पुगेलगत्तै उनले शिवपुरी धामको दर्शन गरेका थिए । त्यसपछि पौडेल भन्सार र कर कार्यालयको कार्यक्रममा सरिक भए ।

सुदूरपश्चिम प्रदेशमा आज ‘मिसन ग्रासरुट’ सुरु हुँदैछ । सुदूरपश्चिममा उपाध्यक्ष पौडेललाई अनुगमन र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई फिल्ड कमान्डर तोकिएको छ ।

धनगढीमा सुरु हुने अभियानमा केन्द्रीय सदस्य, केन्द्रीय निकायका सबै प्रदेश सचिवालय, जिल्लाका पदाधिकारी र जनसङ्गठनका प्रदेश अध्यक्ष र इन्चार्जको उपस्थिति रहनेछ । केन्द्रीय नेताबाट आज प्रशिक्षित नेताहरूले २ महिना यहाँका सबै पालिकामा यस्तै अभियान सुरु गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर