गीतकार रोहितको ‘शितल शितल’ मा अस्मिता र रविको स्वर – Nepal Press

गीतकार रोहितको ‘शितल शितल’ मा अस्मिता र रविको स्वर

काठमाडौं । गीतकार रोहित घिमिरेको नयाँ गीत ‘शितल शितल’ को भिडिओ रिलिज गरिएको छ । रोजगारीको सिलसिलामा हाल फ्रान्समा रहेका घिमिरे लामो समयदेखि गीत लेखनमा सक्रिय छन् । सार्वजनिक गीत तथा भीडिओमा एक युगल जोडीको प्रेम र विरहको भावनालाई शब्दमा बुनिएको छ ।

यसअघि सान्बाबु, सँगै जिउने मर्ने कसम, तिमी पनि, मेरो फोटो, लगायतका ३ दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका गीतकार घिमिरेको ‘शितल शितल’ मा सीएल शर्माले संगीत दिएका छन् । यस गीतमा अस्मिता अधिकारी र रवि शर्माको स्वर रहेको छ । गीतको मिक्सिङ, मास्टरिङ र एरेन्ज पुष्कर खत्रीले गरेका हुन् ।

केशवराज भट्टको निर्देशनमा तयार भिडिओले मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको पुनर्जन्मको कथालाई देखाउन खोजेको छ । गीतमा नायिका तथा मोडल मलिका महत र प्रिन्स चौहानको अभिनय देख्न सकिन्छ ।

भिडिओमा बुद्ध थापाको छायांकन तथा दिलशन शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *