राष्ट्र बैंकले आज ३० अर्बको रिपो जारी गर्ने – Nepal Press

राष्ट्र बैंकले आज ३० अर्बको रिपो जारी गर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज ३० अर्बको रिपो जारी गर्दैछ । बैकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। यो रिपो फागुन १७ गते परिपक्व हुनेछ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो ।यस उपकरणको निष्कासन बोलकबोलमार्फत हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *