एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवैमा सतक बनाउने कुशल तेस्रो नेपाली ब्याट्सम्यान – Nepal Press

एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवैमा सतक बनाउने कुशल तेस्रो नेपाली ब्याट्सम्यान

काठमाडौं । कुशल भुर्तेल एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवैमा सतक बनाउने तेस्रो नेपाली ब्याट्सम्यान बनेका छन् । पारस खड्का र दीपेन्द्रसिंह ऐरीपछि कुशलले यो सफलता हात पारेका हुन् ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि ज्ञानेन्द्र मल्लले पनि सतक बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल, पारस र दीपेन्द्रबाहेक रोहित पौडेलले पनि सतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा नामिबिया विरुद्धको खेलमा ९९ बलमा ४ छक्का र ९ चौका प्रहार गर्दै उनले सतक पूरा गरे ।

२०२१ सेप्टेम्बरमा पपुवा न्यूगिनिविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका कुशलले २६ एकदिवसीय खेल्दा चार अर्धसतक प्रहार गरेका छन् ।

जारी खेलमा उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग कीर्तिमानी १ सय ३३ रनको साझेदारी गरेका थिए । जुन ओडीआईमा नेपालका लागि सर्वाधिक ठूलो साझेदारी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर