प्रचण्ड-माधवले निष्कासन गरेको सम्झिँदै ओलीले भने- ध्वस्त पारेको पार्टीलाई उठाएर यहाँसम्म ल्याए – Nepal Press

प्रचण्ड-माधवले निष्कासन गरेको सम्झिँदै ओलीले भने- ध्वस्त पारेको पार्टीलाई उठाएर यहाँसम्म ल्याए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साविक नेकपाभित्रको विवादमा आफूलाई पार्टीबाट साधारण सदस्य नै नरहने गरी निष्कासन गरेको स्मरण गरेका छन् ।

अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीभित्रको विवादमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाले आफूलाई पार्टीबाटै हटाएको सम्झिए
पार्टीभित्र आफूलाई घेराबन्दीमा पारेर वामपन्थी आन्दोलनलाई दुईतिहाइको स्थितिमा पुर्‍याउँदा पनि जोगाउन नदिएको बताए ।

उनले प्रचण्ड-माधवलाई संकेत गर्दै भने, ‘बहुत दु:खको कुरा हो । त्यस स्थितिलाई जोगाउन सकेनौं । जोगाउन दिइएन । बाहिरको प्रहार सजिलै झेल्थ्यौँ तर, भित्रैको प्रहार झेल्न सकेनौं । भित्रैको प्रहारले हामीलाई ध्वस्त बनायो । एमालेलाई कब्जा गरेका थिए । अध्यक्षलाई त भविष्यमा पनि सदस्य हुन नपाउनेगरी साधारण सदस्यबाटै निकालेका थिए । कत्रो चारकिल्ला ठोकेको ।’

उनले कब्जा गरेर ध्वस्त पारेको पार्टीलाई उठाएर यहाँसम्म ल्याएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर