ईसेवा मनिट्रान्सफरको ‘मेरो डिजिटल देश’: स्वस्तिमाले गरिन् युएईको कार्यक्रममा निम्तो – Nepal Press

ईसेवा मनिट्रान्सफरको ‘मेरो डिजिटल देश’: स्वस्तिमाले गरिन् युएईको कार्यक्रममा निम्तो

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस समेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् युएई) आउने भएकी छन् । ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजना अन्तर्गत अल अन्सारी एक्सचेन्ज र ईसेवा मनिट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ शनिबार यूएई आउन लागेकी हुन् ।

शनिवार (१८ फेब्रुअरी)अल खाइल मल शाखामा साँझ ५ बजे देखि ६स्३० बजेसम्म, १९ फेब्रुुअरी आईतबारका दिन सेन्ट्रल मल शाखामा दिउँसो २ बजे देखि ३ बजेसम्म रहनेछिन् । यस्तै खड्काले दुबई स्थित अल घुराइर मलमा १९ फेब्रुअरी कै दिन एक विशेष कार्यक्रममा समेत सहभागी हुने बताइन् ।

सो कार्यक्रममा उनले त्यहा सहभागी सबैसँग साँझ ४ बजेदेखि साँझ ७ बजेसम डिजिटल रेमिट्यान्सको बारेमा छलफल र नेपालीहरुसँग अन्तरक्रिया गर्नेछिन् । त्यसैगरी २० फेब्रुअरी सोमबार आबुधावी स्थित हमदान शाखामा दिउँसो ४ बजे देखि ५ बजेसम्म रहनेछिन् ।

अल अन्सारी एक्सचेन्ज संयुक्त अरव इमिरेट्स युएईको सबैभन्दा ठूलो रेमिटेन्स कारोबार गर्ने एक्सचेन्ज कम्पनी हो । अहिले ईसेवा मनि ट्रान्सफरले ‘मेरो डिजिटल देश’ योजना सञ्चालन गरिरहेको छ ।

‘मेरो डिजिटल देश’ योजनाले विश्वभर बाट नेपालमा बैंक खाता वा वालेट मार्फत रेमिट्यान्स भित्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यो अभियानमा सहभागीहरुलाई विभिन्न उपहार समेत दिइरहेको छ । ‘मेरो डिजिटल देश’योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने १ जनालाई काठमाडौंमा घर समेत दिने योजना इेसेवा मनि ट्रान्सफरले अघि सारेको छ ।

अभिनेत्री खड्काले यो योजना अन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहेका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताइन् । उनले यूएईमा आफुले सकेसम्म धेरै नेपालीसँग भेट्ने आकांक्षा रहेको बताइन् । साथै उनले पुर्वनिर्धारित कार्यक्रम स्थलमा समेत सहभागी हुन यूएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेकी छन् । अभिनेत्री खड्काको भिडियो अपिलसहित:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *